७ श्रावण २०८३, बिहिबार

सिंगटी हाइड्रोको आईपीओ चैत्र २७ गते बाँडफाँड गरिने



काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ आगामी साता चैत्र २७ गते (शुक्रबार) सम्म बाँडफाँट गरिने भएको छ । अर्काे साता मंगलबारसम्म प्रिअलटमेन्ट सकेर अर्काे साताको शुक्रबारसम्म आईपीओ बाँडफाँड गरिने धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ ।

कम्पनीको आईपीओमा १६ लाख २४ हजार ४८३ आवेदन परेको छ । आवेदन दिएका आवेदककर्ताबाट २ करोड ४५ लाख १६ हजार ६ सय सेयर कित्ताका लागी २ अर्ब ४५ करोड १६ लाख ६६ हजार रुपैयाँ संकलन भएको छ । आईपीओमा मागभन्दा ९.०९ गुणा बढी आवेदन परेको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमा ५८ हजार कित्ता सेयर कर्मचारीका लागि, १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोष र बाँकी २६ लाख ९७ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्