नेप्सेमा ४३.३६ अंकले हरियाली छाएसँगै ६ अर्ब १६ करोड रुपैयाँको कारोबार
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक ४३.३६ अंकले बढेर २६१९.०२ अंकमा बन्द भएको छ । लगानीकर्ताले बैंकको ब्याज जोहो गरिसकेकाले नेप्से बढेको सेयर विज्ञहरुले बताएका छन् ।

बुधबार दिनभरिमा २०९ कम्पनीको १ करोड १२ लाख ८१ हजार ६२५ सेयर कित्ता ६७ हजार १४८ पटक किनबेच हुँदा ६ अर्ब १६ करोड ६८ लाख ६१ हजार ५३८ रुपैयाँको कारोबार भएको छ ।

टिएमएसमा समस्या आउर एक घण्टा समय थप गरेको नेप्सेमा ट्रेडिङ समूह बाहेक सबैमा हरियाली छाएको छ । ट्रेडिङ समूहका लगानीकर्ताले ९८.९९ अंकले गुमाए । त्यस्तै बुधबार सर्वाधिक निर्जीवन बीमा समूहका लगानीकर्ताले ३४९.६८ अंकले बढेको छ ।













