७ श्रावण २०८३, बिहिबार

एफपीओ निष्काशन गर्न किसान लघुवित्तले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गर्यो



काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कशन गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । संस्थाले १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ जारी गर्ने भएको हो ।

किसान लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत इन्द्रकुमार शाह र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले एफपीओ निष्काशन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

किसान लघुवित्तको चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको छ भने एफपीओ जारीपश्चात चुक्ता पुँजी ५२ करोड २६ लाख रुपैयाँ पुगने छ ।


प्रतिक्रिया दिनुहोस्