नेप्सेमा सूर्योदय र सारथी नेपाल लघुवित्तको सेयरमूल्य समायोजन, यस्तो छ समायोजित मूल्य
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन गरिएको छ ।
सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको १५.३५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार ९ सय ६० रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २ हजार २ सय ६१ ?पैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
त्यस्तै, सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ८.१३ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार ५ सय ९६ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार ७ सय २६ ?पैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।













