कोटेश्वरमा कार दुर्घटना हुर्दा एक जनाको ज्यान गयो
काठमाडौं । कोटेश्वर नजिकैको जडिबुटीमा आज बिहान कार दुर्घटना हुदा १ जना जनाको ज्यान गएको छ । आज बिहान सवा सात बजेतिर भएको दुर्घटनामा कार चालक सामान्य घाइते भएको र १ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेमा २१ वर्षे जितम गुभाजु रहेको प्रहरीले जनाएको छ । त्यस्तै कार चालक वर्ष २१ का वीरेन्द्र श्रेष्ठ सामान्य घाइते भएका छन ।
अनियन्त्रित गतिमा पेप्सीकोलाबाट जडिबुटी चोकतिर आएको बा १० च २८६४ नम्बरको कार अनियन्त्रित भई सडक पेटीमा ठोक्किँदा दुर्घटना भएको हो ।













