नेप्सेमा ६ कम्पनीको सेयर सूचीकृत, कुन कम्पनीको कति कित्ता ?
काठमाडौं । गत सातो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आरएसडिसी लघुवित्त, एनएमबि लघुवित्त, पोखरा फाइनान्स, सहारा विकास बैंक, एनआईसी एशिया लघुवित्त र विजय लघुवित्तको ५८ लाख ६६ हजार भन्दा बढी सेयर सूचीकृत गरिएको छ ।
१. आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ प्रतिशत बोनस सेयर वितरणपश्चात ६ लाख ४ हजार ३ सय ७०.४५ कित्ता सेयर नेप्सेमा सूचीकृत गरिएको छ ।
२. एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जपश्चात २५ लाख ९४ हजार ४ सय कित्ता सेयर नेप्सेमा सूचीकृत गरिएको हो ।
३. एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस सेयर वितरणपश्चात ८ लाख ६१ हजार ८ सय ७३.२५ कित्ता सेयर नेप्सेमा सूचीकृत रिएको हो ।
४. विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस वितरणपश्चात ४ लाख २५ हजार ६ सय ५९. ८५ कित्ता सेयर नेप्सेमा सूचीकृत गरिएको हो ।
५. पोखरा फाइनान्स कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस वितरणपश्चात ४ लाख ५८ हजार ६ सय ४०.८६ कित्ता सेयर पनि नेप्सेमा सूचीकृत गरिएको हो ।
६. सहारा विकास बैंक लिमिटेडको ९ लाख २१ हजार १४८.७० कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत गरिएको हो ।













