७ श्रावण २०८३, बिहिबार

कालिका लघुवित्तको मूल्य समायोजन, कति छ समायोजन गरिएको मूल्य ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरिएको छ । लघुवित्तले साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले लघुवित्तको १० प्रतिशत बोनस शेयर समायोजन गरि शेयरमूल्य १२ सय ९१ रुपैयाँ तोकेको छ । गत बिहीबार प्रतिकित्ता १४ सय २० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

लघुवित्तले २०७८ बैशाख ७ गते होटल टास्क इन्टरनेशनल पोखरामा बिहान ८ बजे १० औँ र ११ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्