७ श्रावण २०८३, बिहिबार

नेप्सेमा नयाँ रेकर्डः नेप्से २५.७१ अंकले बढ्दा ८ अर्ब ७७ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा हरियाली छाएको छ । यस अघिको रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गरेको छ । आइतवार हालसम्मकै उच्च विन्दुमा आएर बन्द भएको छ भने कारोबार रकम पनि बढेको छ तर रेकर्ड भने बनाउन सकेको छैन । आइतबार २५.७१ अंकले बढेर २६५७.६१ अंकमा बन्द भएको छ ।

यो हाल सम्मकै उच्च बिन्दु हो । यस अघि गत फागुन ९ गते नेप्से परिसूचकले २६४०.३४ विन्दु कायम गरेर नयाँ रेकर्ड कायम गरेको थियो । आइतबार उक्त रेकर्ड तोड्दै ऐतिहासिक रेकर्ड बनाएको हो ।

आइबार दिनभरिमा २१० कम्पनीको १ करोड ७३ लाख ७ हजार ३२८ सेयर कित्ता ८७ हजार ४५३ पटक किनबेच हुँदा ८ अर्ब ७७ करोड ४३ हजार ६९० रुपैयाँको कारोबार भएको छ ।

आइतबार निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ५४३.९८ अंकले बढेको छ भने सर्वाधिक ट्रेडिङ समूहको २०३.५९ अंकले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्