७ श्रावण २०८३, बिहिबार

नेशनल लाइफ र नागरिक लगानी कोषको १ लाख ५ हजार संस्थापक शेयर लिलामी खुल्ला, कति छ मूल्य ?



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषको संस्थापक शेयरको लिलामी खुल्ला गरिएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका नेशनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषको संस्थापक शेयर आज (सोमवार) देखि लिलामी बिक्री खुल्ला गरिएको हो ।

नेशनल लाइफ इन्स्योरेन्सको ५५ हजार ८६६ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर आजदेखि नै लिलामीमा विक्री खुला गरिएको हो । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयरको न्यूनतम मूल्य ४६६ रुपैयाँ र नागरिक लगानी कोषको न्यूनतम मूल्य १ हजार ५२९ रुपैयाँ तोकिएको छ ।

शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता र सो भन्दा माथिका लागि १० ले भाग जाने गरी तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरीसम्पूर्ण कित्तासम्म आवेदन दिन सक्ने छन् । चैत ३१ गतेसम्म सेयरमा बोलपत्र रहेकोमा शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्