आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार घट्यो, कतिमा भईरहेको छ कारोबार ?
कामठाडौं । सोमबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनको तोलामा २ सय रुपैयाँले घटेर ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको छ ।
आइतबार छापावाल सुनको मूल्य तोलामा स्थिर रहेर प्रतिातोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य पनि स्थिर रहेर प्रतितोला ८६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा स्थिर रहेर प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको थियो ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ९५० रुपेयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।













