ग्लोबल बैंकको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्सको शेयर लिलामीमा विक्री खुला
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखि लिलामी खुला गरिएको छ । ग्लोबल आइएमई बैंकको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर आज चैत्र २३ गतेदेखि लिलामी बिक्री खुला गरिएको हो ।
फर्स्ट माइक्रोफाइनान्सको ८१ हजार ५ सय कित्ता संस्थापक शेयर बिक्रीमा खुला गरिएको हो । ईच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले वैशाख २६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
सेयरको मूल्य न्यूनतम मूल्य ३ सय रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित बोलकबोल गरि १ हजार कित्ता वा सो भन्दा माथिका लागि १० ले भाग जाने गरी सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।













