मनकामना केबुलकार सेवा ६ दिनका लागि बन्द हुदै - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

मनकामना केबुलकार सेवा ६ दिनका लागि बन्द हुदै



काठमाडौं । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार सेवा आगामी चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म बन्द हुने भएको छ ।

केबुलकारको स्तरोन्नतीको पहिलो चरण मध्येको कार्य अनुसार Bull Wheel Bearing नयाँ फेर्नुका साथै Bull Wheel र अन्य मर्मत संभारको लागि Doppelmayr, Austria बाट आँउनु हुने प्राविधिकबाट मर्मत हुने भएकोले केबुलकार सेवा ६ दिनका लागि बन्द गर्न लागिएको हो ।

उक्त अवधिभर केबुलकारको बटम स्टेसनमा रहेको रेष्टुरेन्ट भने यथावत रुपमा सञ्चालन हुनेछ ।

मर्मत संभार पश्चात आगामी चैत्र ३१ गतेदेखि पुनः नियमित रुपमा सञ्चालन हुने समेत मनकामना दर्शन प्रा.लि. ले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्