पोखरा फाइनान्सले ५ प्रतिशत बोनस सेयरधनीको खातामा जम्मा गर्यो
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले ५ प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । फाइनान्सको पौष २९ गते सम्पन्न वार्षिक साधारणसभाले बोनस सेयर दिने प्रस्ताव पारित गरेसँगै सेयरधनिको हितग्राही खातामा जम्मा गरिदिएको हो ।
फाइनान्सले आर्थिक वर्ष २०७६–०७७ को ५ प्रतिशत बोनस सेयर बुकक्लोज मितिभन्दा अघिल्लो दिनसम्म सेयर अभौतिकिकरण गराएका सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो । हालसम्म पनि सेयर अभौतिकिकरण नगरेका सेयरधनीहरुलाई सेयर अभौतिकिकरण गराउन फाइनान्सले अनुरोध गरेको छ । कम्पनीको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।













