सोमबार पनि नेप्सेमा नयाँ रेकर्ड, सामान्य अंकले बढेर ७ अर्ब २९ करोडको कारोबार
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्स्पे) सोमबार सामान्य अंकले बढेको आइतबार हालसम्म कै उच्च बिन्दुमा पुगेको नेप्से सोमबार फेरि उच्च बिन्दुमा पुगेको छ । नेप्सेले आइतबारको रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गरेको छ । आइतवार हालसम्मकै उच्च विन्दुमा आएर बन्द भएको थियो । आइतबार २५.७१ अंकले बढेर २६५७.६१ अंकमा बन्द भएको थियो ।

सोमबार १.१३ अंकले बढेर २६५८.७४ बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो । आइतबार यस अघि गत फागुन ९ गते नेप्से परिसूचकले २६४०.३४ विन्दु कायम गरेर नयाँ रेकर्ड कायम गरेको थियो । आइतबार उक्त रेकर्ड तोड्दै ऐतिहासिक रेकर्ड बनाएको थियो भने सोमबार तयसलाई तोड्दै नयाँ रेकर्ड बनाएको हो ।
सोमबार दिनभरिमा २१२ कम्पनीको १ करोड ५८ लाख ५३ हजार ९९३ सेयर कित्ता ७३ हजार ५९८ पटक किनबेच हुँदा ७ अर्ब २९ करोड ६७ लाख ६० हजार १५६ रुपैयाँको कारोबार भएको छ । सोमबार निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक १०६.६१ अंकले घटेको छ । भने ट्रेडिङ समूहको १३२.६५ अंकले बढेको छ ।














