७ श्रावण २०८३, बिहिबार

सुनको मूल्य लगातार बढोत्तरी, एकै दिन १ हजारले बढ्यो, कतिमा हुँदै छ कारोबार ?



बिहीबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार ५ सय रुपैयामा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर ८७ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेर १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको तोलामा २ सय रुपैयाँले घटेर ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार छापावाल सुनको मूल्य तोलामा स्थिर रहेर प्रतिातोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य पनि स्थिर रहेर प्रतितोला ८६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा स्थिर रहेर प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको थियो ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ९५० रुपेयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्