पीडा परेको बेला आँसु पुछ्न मिर्मिरे, लघुवित्तद्वारा आगलागी पीडितलाई राहत प्रदान
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मटेहियाको कार्यक्षेत्र नरैनापुर गाउपलिका ४ खोदवाटोलमा चैत्र २१ गते भिषण आगलागीबाट प्रभावित सेवाग्राही सदस्यहरुलाई राहत प्रदान गरिएको छ ।
मिर्मिरे लघुवित्तको चैत्र २५ गते सम्पन्न उक्त राहत वितरण कार्यक्रममा संस्थाका संचाक समिति अध्यक्ष टेक बहादुरको उपस्थितिमा नरैनापुर ५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्य, वित्तीय संस्थाका तालिम तथा सामाजिक बिकास बिभाग प्रमूख विकल काफ्ले, बौनिया क्षेत्रीय कार्यालयका वेद प्रसाद आचार्य, पदम बहादुर खड्का लगायत शाखा कार्यालय मटेहियाका कर्मचारीहरु सहभागी रहेको थिए ।
मिर्मिरे लघुवित्तले सेवाग्राही सदस्यका घरपरिवारलाई जनही २ हजार र ऋणी सदस्यहरु लाई जनही ५ हजारका दरले प्रारम्भिक चरणको राहत बितरण गरेको हो । चैत्र २१ गते मध्यान्ह शुरु भएको अचानक आगलागीले खोदवाटोलका १२५ घरधुरी जलेर नष्ट भएका थिए । घरमा आगलागीसँगै खाद्यान्न, लत्ताकपडा, भाडाकुडा, जिन्सीसामान लगायत पूर्ण रुपमा जलेर नष्ट भएको थियो । पिडितहरु खुल्ला आकासमुनि बस्न बाध्य भएका छन् ।
कार्यक्रममा सस्थाका अध्यक्ष बोहराले संस्थाको तर्फबाट सेवाग्राहीलाई पिडा परेको बेला आँसु पुछ्न मिर्मिरे सदैव तत्पर रहेको बताउनु भयो । वडाध्यक्ष मौर्यले समयमै राहत उपलब्ध गराएकोमा मिर्मिरे लघुवित्त प्रति आभार ब्यक्त गर्नुभयो । उहाँले यस अघि वित्तीय संस्थाले त्यस शाखा अन्तर्गत सम्पन्न गरेको बृहद् स्वास्थ्य शिविर कार्यक्रमको समेत स्मरण गर्दै आफ्ना गाउलेहरुको पिडामा मलमपट्टि लगाउन मिर्मिरेका संचालक अध्यक्षलाई धन्यबाद ब्यक्त गर्नुभयो ।
वित्तीय संस्थाको नरैनापुर स्थित शाखा कार्यालय बाँके जिल्लाको राप्ति पारीको क्षेत्रकै पहिलो वित्तीय संस्थाको रुपमा २०७४ पौष सालमा स्थापना भएको थियो । उक्त शाखा कार्यालयले स्थानीय लक्षित सेवाग्राही बिपन्नवर्ग समुदायको ८७० घरधुरीमा प्रत्यक्ष लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाका क्षेत्रीय प्रबन्धक वेद प्रसाद आचार्यले अन्य संघ संस्था, दातृ निकाय तथा सरकारी निकायहरुलाई आगलागी पिडित परिवारलाई छिटोभन्दा छिटो सहयोग गर्न अपिल गरेका थिए ।












