बिहीबार नेप्सेमा ६ लाख ४० हजार कित्ता सेयर सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडको सेयर सूचिकृत भएको छ ।
बिहीबार नेप्सेमा गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडको बोनस सेयर सूचिकृत गरिएको हो । नेप्सेमा गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडको ६ लाख ४० हजार कित्ता सेयर सूचिकृत गरिएको हो ।
त्यस्तै बिहीबार नेप्सेमा नेपाल बैंकको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल बैंकको १ करोड ३५ लाख ३९ हजार ३ सय ८४.२४ कित्ता बोनस सेयर र ३ लाख ४४ हजार ७ सय ६४ कित्ता हकप्रद सेयर सूचिकृत गरिएको हो ।













