बरुण हाइड्रोपावरको ५ प्रतिशत डिम्याट खातामा जम्मा
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिएको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको खातामा जम्मा गरेको हो।
कम्पनीको पुस २६ गते सम्पन्न १७ औँ वार्षिक साधारण सभाले ५ प्रतिशत बोनस शेयर पारित गरेको थियो । कम्पनीले पुस १५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको खातामा सो शेयर पठाएको हो ।
त्यस्तै, भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई कम्पनीले शेयर अभौतिकीकरण गराई हितग्राही खाताको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।













