सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड,२ लाख ६९ हजारले १० कित्ता पाए, कसरी हेर्ने आइपीओको रिजल्ट ?
काठमाडौं । सिंगटी हाइड्रोपावरले निष्काशन गरेको आईपीओको बाँडफाँड गरिएको छ । शुक्रबार मेगा क्यापिटलको कार्यालयमा बिहान ११ बजे बाँडफाँड गरिएको हो ।
निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार २ लाख ६९ हजार ७ जनाले १० कित्ता पाएका छन् भने अरु १२ लाख ९० हजार १०२ जना योग्य आवेदकको भने हात खाली भएको छ ।
कुल १५ लाख ६५ हजार ५३० जनाको आवेदन परेको कम्पनीको आईपीओमा १५ लाख ५९ हजार ८०२ वटा मात्रै रितपूर्वक आवेदन परेको क्यापिटलले जनाएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमा २ प्रतिशत अर्थात ५८ हजार कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशत आर्थात १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषहरु र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारणलाई छुट्याएको छ ।
कम्पनीको आईपीओमा १६ लाख २४ हजार ४८३ जनाले आवेदन दिएका छन् । आवेदन दिएका आवेदकहरुले २ करोड ४५ लाख १६ हजार ६ सय कित्ता खरिदका कुल २ अर्ब ४५ करोड १६ लाख ६६ हजार रुपैयाँ संकलन भएको छ । यो माग गरेकोभन्दा ९.०९ गुणा बढी हो ।
यससँगै, आवेदकले मेरो सेयरको वेबसाइट मार्फत आईपीओको रिजल्ट हेर्न सक्नेछन् ।













