निरन्तर उकालो लागेको सुनको मूल्य आइतबार घट्यो, कतिमा हुँदै छ कारोबार ?
काठमाडौं । छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेर प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।












