‘मेरो सेयर’ पोर्टलको पासवर्ड आफैँ रिसेट गर्न सक्ने
काठमाण्डौ । नेपाल सिडिएस एण्ड क्लियरिङले मेरो सेयरको पासवर्ड बिर्सेमा आफैँ परिवर्तन गर्न मिल्ने ब्यबस्था गरेको छ । ‘मेरो सेयर’ पोर्टलको पासवर्ड बिर्सेमा लगानीकर्ता स्वयंले रिसेट गर्नसक्ने भएका छन् ।
सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार प्राविधिक गृहकार्य भैरहेकाले असारसम्म यो सुविधा ‘मेरो सेयर’ पोर्टलमा राखिने छ ।
हालसम्म ‘मेरो सेयर’ को पासवर्ड बिर्सेमा लगानीकर्ताले सम्बन्धित क्यापिटलमा नै पुगेर रिसेट गर्नुपर्ने प्रावधान रहेको छ । यो सेवा निशुल्क भएपनि कतिपय यस्तो सेवाप्रदायक कम्पनीहरुले भने शुल्क लिँदै आएका थिए । यो सुविधा लागू भएपछि लगानीकर्ताले घन्टौं लाइन बसेर पासवर्ड रिसेट गर्नुपर्ने प्रावधान हट्नेछ ।













