नूरप्रताप राणाको गोल्डस्टार जुत्ताचप्पल कम्पनीले आईपीओ निष्काशन गर्दै
काठमाडौं । गोल्डस्टारले आइपिओ निष्काशन गर्ने भएको छ । अबको केहि वर्षमा गोल्डस्टार कम्पनीले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको हो । कम्पनीलाई ठूलो ब्राण्ड बनाउन र पब्लिक कक्मपनी बनाउन आईपीओ जारी गर्ने कम्पनीले बताएको हो । कम्पनीको आईपीओ निष्काशनका लागि प्रक्रिया शुरु नगरेको भएपनि सर्वसाधारणलाई सेयर दिने बताएको छ । यसका लागि आगामी दिनमा प्रक्रिया शुरु गर्ने जनाएको छ ।
गोल्ड स्टार जुत्ता कम्पनीकी निर्देशक विदुषी राणाले भनिन्, “आईपीओमा जान हामीलाई पनि मन छ, किनभने आईपीओमा नगईकन ठूलो कम्पनी बन्न गाह्रो छ, आफ्नो हिसावले मात्रै एउटा सर्टेन ठाउँमा मात्र पुग्छौँ भने आईपीओ जारी गरिसकेपछि अझै धेरै ठूलो कम्पनी बन्न सकिन्छ होला, ४–५ बर्ष भित्रमा आईपीओमा अबश्य जाने छौँ ।”
थाइल्यान्डबाट मेसिन ल्याएर चप्पल उत्पादन गरिरहेको कम्पनी स्व. नूरप्रताप राणाले सञ्चालन गरेका हुन् । २०४७ साल अघि नै स्थापना भएको यस हात्तीचप्पल कम्पनी सहरदेखि गाउँसम्म चर्चामा छ । तर २०५२ सालमा सुरू माओवादी द्वन्द्वले गोल्डस्टारको उत्पादनमा ठूलो प्रभाव पार्यो । माओवादी द्वन्द्व सुरू भएपछि बलियो र टिकाउ भएकाले पहाडी बाटोमा उकाली–ओराली गर्न माओवादी लडाकूहरूले गोल्डस्टार जुत्ता नै प्रयोग गरेकाले यसको चर्चा ब्यापक भएको थियो ।
पहिले उत्पादनको झन्डै ८० प्रतिशत भारत निर्यात गरिरहेको गोल्डस्टारले अहिले ३०–४० प्रतिशत मात्र पठाउने गर्दछ ।













