सिंगटी हाइड्रोको आईपीओको ओपनिङ रेञ्ज न्युनतम १ सय देखि अधिकतम ३ सय रुपैयाँ !
काठमाडौं । सिंगटी हाइड्रोपावरले निष्काशन गरेको आईपीओको बाँडफाँड गरिएको छ । निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार २ लाख ६९ हजार ७ जनाले १० कित्ता पाएका छन् भने अरु १२ लाख ९० हजार १०२ जना योग्य आवेदकको भने हात खाली भएको छ । कुल १५ लाख ६५ हजार ५३० जनाको आवेदन परेको कम्पनीको आईपीओमा १५ लाख ५९ हजार ८०२ वटा मात्रै रितपूर्वक आवेदन परेको क्यापिटलले जनाएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमा २ प्रतिशत अर्थात ५८ हजार कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशत आर्थात १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषहरु र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारणलाई छुट्याएको थियो ।
सिंगटी हाइड्रो इनर्जीको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १०० रुपैयाँ र अधिकतम ३०० रुपैयाँ सम्म ओपनिङ रेञ्ज पाउने सम्भावना छ । नेप्सेले पहिलो कारोवारको लागि न्यूनतम प्रतिसेयर नेटवर्थ र अधिकतम् प्रतिसेयरको तीन गुणा बढि सेयर मूल्य तोक्ने गर्दछ ।













