नेशनल माइक्रोफाइनान्सको ८० हजार संस्थापक शेयर आजदेखि बिक्री खुला
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ८० हजार कित्ता संस्थापक शेयर बिक्री खुला गरिएको छ । कम्पनीको ८० हजार कित्ता संस्थापक शेयर आज (चैत ३१ गते) देखि लिलामीमा बिक्री खुला गरिएको हो ।
उक्त संस्थापक सेयरको न्यूनतम मूल्य १ हजार ६ सय रुपैयाँ वा सोभन्दा बढी मूल्यमा खरीद गर्न ईच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति कम्पनी, संघ, संस्थाहरुले जेठ ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
शेयर खरीदका लागि बिक्री प्रबन्धकको एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाट मार्फत शिलबन्दी बोलपत्र फारम प्राप्त गर्न र बुझाउन सकिने जनाइएको छ ।













