७ श्रावण २०८३, बिहिबार

नेप्सेले गर्यो नयाँ बर्षको स्वागत, नयाँ रेकर्ड बनाउँदै हालसम्म कै उच्च बिन्दु कायम



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा नयाँ रेकर्ड कायम भएको छ । नयाँ बर्षको आगमनसँगै नेप्सेले नयाँ रेकर्ड बनाउन सफल भएको छ । नयाँ बर्ष २०७८ आउन एक दिन बाँकि रहँदा नेप्से परिसूचकले हालसम्म कै उच्च बिन्दु कायम गरेको हो ।

सोमबार नयाँ रेकर्ड बनाएको थियो भने उक्त रेकर्ड तोड्दै मंगलबार नयाँ रेकर्ड कायम भएको हो । मंगलबार नेप्से २३.२३ अंकले बढेर नयाँ रेकर्ड बनाउँदै २७१४.७९ अंकमा बन्द भएको छ । जुन हालसम्म कै उच्च बिन्दु हो । यस अघि हिजो सोमबार नेप्से २६९९.५५ अंकमा बन्द भएर नयाँ रेकर्ड बनाएको थियो । उक्त रेकर्ड मंगलबार ब्रेक गरेको हो ।

मंगलबार कारोबार रकम भने सोमबारको भन्दा थोरै रकमले घटेको छ । मंगलबार २०९ कम्पनीको १ करोड ४६ लाख ९१ हजार सेयर कित्ता किनबेच हुँदा ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयाँको कारोबार भएको छ । मंगलबार डेभलपमेन्ट बैंकको सर्वाधिक ९५.४२ अंकले बढेको छ भने निर्जीवन बीमा समूहको ८८.९२ अंकले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्