आरम्भ चौतारीको साधारण सभाद्वारा ८.८५ प्रतिशत लाभांश र दुईवटा लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव पारित
काभ्रेपलाञ्चोक । बनेपा काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सम्पन्न पाँचौें वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६÷०७७ सम्मको संचित मुनाफाबाट चुक्ता पूंजी रु. २६ करोड ३४ लाख ४८ हजारको ८.८५ प्रतिशतले हुुन आउने रु. २ करोड ३३ लाख १५ हजार १४८ बराबरको बोनस शेयर वितरण गर्न स्विकृती प्रदान गरेको छ ।
साथै यस साधारण सभाले संचालक स्तरिय मर्जर समितिको सिफारिस बमोजिम संचालक समितिले प्रस्ताव गरे अनुसार बागमती प्रदेश कार्य क्षेत्र भई बनेपा न.पा. वडा नं. ८ मा केन्द्रीय कार्यालय रहेको बिपिडब्लुु लघुवित्त वित्तीय संस्था लिमिटेड र लुुम्बिनी प्रदेश कार्य क्षेत्र भई बुुटवल उपमहानगरपालिका वडा नं. ४ मा केन्द्रीय कार्यालय रहेको देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई शेयर आदान प्रदान अनुुपात १००ः९५ः९५ हुने गरी प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।
सो प्राप्तीपश्चात यस वित्तीय संस्थाको शेयर स्वामित्व अनुपात ६३.६५ प्रतिशत (संस्थापक) र ३६.३५ प्रतिशत (सर्वसाधारण) रहेकोमा बिपिडब्लुु लघुुवित्त वित्तीय संस्था र देउराली लघुुवित्त वित्तीय संस्थालाई प्राप्ती पश्चात बन्ने “आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड” को शेयर स्वामित्व अनुपात ६८.३० प्रतिशत (संस्थापक) र ३१.३० प्रतिशत (सर्वसाधारण) रहने प्रस्तावसमेत पारितपारित भएको छ ।
यसै गरी यस साधारण सभाले भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ती÷समाहित हुने प्रयोजनका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचानगर्न, सहमतीपत्रमा हस्ताक्षर गर्ने सो को आधारमा सैद्धान्तिक स्वीकृतिकालागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता, लेखापरिक्षक नियुक्तगर्ने र निजको पारिश्रमिक तोक्ने र अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथाप्राप्तीगर्ने लगायतका कार्यसंग सम्बन्धित आवश्यक कार्यहरु गर्नका लागि संचालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ ।
संस्थापक समूह क बाट प्रतिनिधित्वहुने संचालक संख्या ४ र सर्वसाधारण समूह ख बाट प्रतिनिधित्वहुने गरी संचालक संख्या २ को पदावधी समाप्तभएकोले निर्वाचनअधिकृतको रुपमानियुक्तहुनु भएकाअधिवक्ताश्री भक्तिराम घिमिरेले निर्बिरोध निर्वाचन सम्पन्नभएको घोषण गर्नुभयो । त्यस अनुसार संस्थापक समूह क बाट जगत बहादुर पोखरेल, दिपक तिवारी, पुष्पराज ढकाल, सन्तोष पोखरेल हुनुहुन्छ भने सर्वसाधारण समूह ख बाट केशवराज पन्थी र विमल आचार्यले प्रतिनिधित्व गर्नु भएको छ ।
त्यसपछि तत्कालै बसेको नवनियुक्त संचालकहरुको बैठकले संचालक दिपक तिवारीले गर्नु भएको प्रस्तावमा जगत बहादुर पोखरेललाई पुनः संचालक समितिको अध्यक्षमा चयन गरेको छ ।
उक्त कार्यक्रममा सर्वसाधारण शेयर धनी शत्रुधन श्रेष्ठले यस वित्तीय संस्थाले आर्थिक उन्नतिको मार्गबाट सुखी नेपाली समृद्ध नेपालको नारालाई सबल बनाउन लागि परेको धारणा ब्यक्त गर्नुभयो । शेयरधनी चन्द्र नारायण श्रेष्ठले वित्तीय विवरणमा चालु आर्थिक वर्षमा वित्तीय संस्थाले राखेको मुनाफाको लक्ष्य पुरा गर्ने रण्नीतिहरु प्रतिवेदनमा खुल्न सकेको भए धेरै राम्रो हुने धारणा ब्यक्तगर्नुभएको थियो ।
कार्यक्रममा वित्तीय संस्थाका अध्यक्ष जगत बहादुर पोखरेलले आँफु लघुवित्त संघ नेपालको समेत अध्यक्ष रहेको र नेपालमाबिद्यमान लघुवित्त वित्तीय संस्थाहरुको भिडमा यसले छुट्टै छाप छोड्ने र त्यसको अगुवाई यस वित्तीय संस्थाले गर्ने त्यसको लागि सम्पूर्ण शेयरधनीहरुले आआफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताउनु भयो । नवनियुक्त सञ्चालकहरुलाई शेयरधनीहरु जीवन भण्डारी, गोपाल प्रसाद बस्याल र निवर्तमान संचालक दिपककुमार बुढाथोकीले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
वित्तीय संस्थाका अध्यक्ष जगत बहादुर पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाको हालसम्मको प्रगतिको विषयमा नायब कार्यकारी अधिकृत श्री किरण काफ्लेले प्रस्तुत गर्नुभएको थियो भने सभा संचालन प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव लक्ष्मण घिमिरेले गर्नुभएको थियो ।













