सुनको मूल्य निरन्तर उकालो लाग्दै, आइतबार २ सयले बढ्दा कतिमा कारोबार हुँदै छ ?
काठमाडौं । आइतबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेर तोलामा १३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
शुक्रबार छापावाल सुनका मूल्य तोलामा ७ सयले बढेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।












