नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) सम्बन्धी जिज्ञासा र जवाफ
नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले सञ्चालनमा ल्याएको अनलाईन ट्रेडिङ सिस्टम प्रयोग सम्बन्धमा सर्वसाधारणले व्यक्त गरेका जिज्ञासालाई सम्बोधन गर्न यो जानकारीमूलक सामग्री तयार गरिएको छ ।
अनलाइन प्रयोग गर्न युजरनेम र पासवर्ड कहाँ लिने ?
नेप्सेको सदस्यताप्राप्त धितोपत्र दलालहरु र उपत्यका बाहिर तिनीहरुका शाखाबाट नट्स प्रयोग गर्नका लागि युजरनेम र पासवर्ड प्राप्त गर्न सकिन्छ । धितोपत्र दलालहरुको नाम, ठेगाना र फोन नम्बर नेप्सेको वेबसाइट www.nepalstock.com तथा www.nepalstock.com.np मा उपलब्ध छ ।
युजरनेम र पासवर्ड निःशुल्क हो ?
हो ।
ट्रेड म्यानेजमेन्ट सिस्टम ९टिएमएस० भनेको के हो ?
लगानीकर्तालाई ब्रोकर तथा नेप्सेको प्रणालीमा जोड्ने माध्यम टिएमएस हो । टिएमएसबाट लगानीकर्ताले खरिद तथा बिक्री आदेश प्रविष्ट गराउन सक्छन् । सदस्य दलालले यो माध्यम लगानीकर्ताको मोबाइल तथा ल्यापटपमा उपलब्ध गराउँछन् ।
टिएमएसमा प्रयोगकर्ताको भूमिका के हुन्छ ?
नेप्से अनलाईन ट्रेडिङ सिस्टम Role Based Content Management प्रणाली भएको हुँदा ब्रोकरको Admin User ले आफ्नो Internal User तथा Client हरुलाई आवश्यकता अनुसार Role प्रदान गर्न सक्नेछ । यसबाट कुन User लाई कस्तो प्रकारको Menu/Function दिने भन्ने व्यवस्था गर्न सकिन्छ ।
टिएमएसमार्फत ब्रोकर तथा प्रयोगकर्ताले के–के गर्न सक्छन ?
ब्रोकर तथा Online Client ले Buy/Sell Order राखी कारोवार गर्न सक्छन् । Order को हरेक अवस्थाको जानकारी Order Book मा गई प्राप्त गर्न सकिन्छ । जस्तै Order Match भएको छैन भने Open Status, Order पूर्ण रुपमा म्याच भएमा Completed, आदेश Cancel भएमा Cancel, Partially Match भएमा Partially Trade भनी देख्न सकिन्छ । त्यसैगरी Order Reject भएमा Rejected भन्ने Status देख्न सकिन्छ र यसरी Order Reject वा Cancel भएको अवस्थामा यसको कारण समेत हेर्न सकिन्छ । अनलाईन लगानीकर्ता तथा ब्रोकरका लागि ट्रेड म्यानेजमेन्ट सिस्टममा आफ्नो पुरानो Order तथा कारोवार हेर्ने सुविधा छ ।
हितग्राही खाता र कारोबार खातालाई किन आवद्ध गर्नुपर्छ ?
लगानीकर्ताको एउटा हितग्राही खातालाई सदस्य दलालसँग खोलिएको एउटा कारोबार खातासँग आवद्घ गरेपछि मात्र नट्समा कारोबार गर्न सकिन्छ । यसले कारोबार पछिको राफसाफ तथा फछ्र्यौटलाई सहज बनाउँछ ।
अनलाईन कारोबार सुविधा लिएका लगानीकर्ताले Offline कारोबार गर्न सक्छन कि सक्दैनन ?
Online User ब्रोकर मार्फत वा आफैले खरिद विक्री आदेश प्रविष्टि गरी कारोवार गर्न सक्छन् । लगानीकर्ताले कुनै पनि ब्रोकरमा खाता खोल्दा Offline वा Online भनि जानकारी गराउनु पर्दछ ।
अनलाइन भुक्तानी/फन्ड ट्रान्सफर कसरी गर्ने ?
ग्लोबल आइएमई, नेपाल इन्भेस्टमेन्ट, प्रभु र सिद्धार्थ गरी चार वटा Clearing Bank नेप्से TMS संग आवद्ध छन् । ट्रेड म्यानेजमेन्ट सिस्टमको माध्यमबाट सम्बन्धित बैंकको e-Banking Portal मा गई लगानीकर्ताले ब्रोकरको Account मा Fund/Collateral Transfer गरी कारोवार गर्न सक्छन् । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग आवद्ध बैंक तथा वित्तीय संस्थाबाट पनि यो सुविधा लिन सकिन्छ ।
कारोबार सीमा भनेको के हो ?
ब्रोकरले हरेक लगानीकर्तालाई आवश्यकता अनुसार कारोबार सीमा (Trading Limit) दिई कारोवारको जोखिम न्युनीकरण गरेका हुन्छन् । ब्रोकरले आफ्नो TMS बाट कुन User ले कति धितो (Collateral) प्रयोग गरेको छ भन्ने जानकारी समेत पाउन सक्छन् ।
कारोबारका लागि किन धितो जम्मा गर्ने ?
कारोबार गर्नको लागि ग्राहकले आफ्नो ब्रोकरसँग धितो जम्मा गर्नुपर्छ । धितो जम्मा गरेको आधारमा ब्रोकरले लगानीकर्तालाई कारोबार सीमा प्रदान गर्छन ।
मार्केट वाच र मार्केट डेप्थबाट के गर्न सकिन्छ ?
Market Watch/Market Depth तथा Buy/Sell Window मा गई कारोवारको आदेश प्रविष्टि गर्न सकिन्छ । Market Depth Windowमा गई त्यहाँ रहेको Buy/Sell Button मा Click गरी आदेश प्रविष्टि गर्न सकिन्छ । यसले गर्दा आदेश प्रविष्टिका लागि Buy/Sell Stock Menu मा गई राख्नु पर्दैन ।
नेपाल स्टक एक्सचेञ्ज लि.
पो.ब.नंं. १५५०
युएनआई शान्ति मार्ग, भद्रकाली, काठमाडौं ।













