नेप्सेमा ४ कम्पनीको एकै दिन ४ करोड कित्ता सेयर सूचीकृत, कुनको कति कित्ता ?
काठमाडौं । आइतबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा ५ कम्पनीको सेयर सूचीकृत गरिएको छ । आइतबार नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंक, गरिमा विकास बैंक, नागरिक लगानी कोष, साना किसान विकास लघुवित्त वित्तीय संस्थाको बोनस सेयर र हकप्रद सेयर सूचीकृत गरिएको हो ।
आइतबार नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ८८ लाख ८३ हजार ७५० कित्ता, गरिमा विकास बैंकको ४३ लाख ७२ हजार २३० कित्ता, साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २५ लाख ५७३ कित्ता बोनस सेयर तथा १२ हजार ४४२ कित्ता हकप्रद सेयर र नागरिक लगानी कोषको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर गरी कूल ३ करोड ९३ लाख ६१ हजार ५७८ कित्ता सेयर सूचीकृत गरिएको हो ।
१. नेपाल इनभेष्टमेन्ट बैंकको पनि १ करोड ८८ लाख ८३ हजार ७५० कित्ता शेयर सूचीकृत गरिएको छ । कम्पनीले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर वितरण गरेपश्चात नेप्सेमा सूचीकृत गरिएको हो ।
२. गरिमा विकास बैंकको ४३ लाख ७२ हजार २३०.७३ कित्ता शेयर सूचीकृत गरिएको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १३.५० प्रतिशत बोनस शेयर वितरण गरेपश्चात नेप्सेमा सूचीकृत गरिएको हो ।
३. किसान लघुवित्त वितीय संस्थाको २५ लाख ५७३.६४ कित्ता बोनस शेयर र १२ हजार ४४२ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर वितरण गरेपश्चात नेप्सेमा सूचीकृत गरिएको हो ।
४. नागरिक लगानी कोषको १ करोड ३५ लाख ९२ हजार ६९२.७३ कित्ता शेयर सूचीकृत गरिएको हो । कोषले शेयरधनीलाई वितरण गरेको ८२.८४ प्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत गराएको हो ।













