७ श्रावण २०८३, बिहिबार

अरुण भ्यालीको ५० प्रतिशत हकप्रद सेयर आजदेखि बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?



काठमाडौं । अरुण भ्यालीको हकप्रद सेयर आजदेखि बिक्री खुला गरिएको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रद सेयर आज (वैशाख ६ गते, सोमबार) देखि निष्कासन तथा बिक्री खुल्ला गरिएको हो ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले वैशाख ६ गतेबाट हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीले १ः०.५ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५२ लाख ४१ हजार १ सय ९७ सय कित्ता हकप्रद सेयर निष्काशन गरेको कम्पनीले जनाएको छ ।

वैशाख ६ गतेबाट निष्कासन गरिने उक्त हकप्रदमा वैशाख २६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्ने छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि चैत्र ९ गते १ दिनका लागि बुक क्लोज गरेको थियो । त्यसैले, चैत्र ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

60667d7b2266a.jpg


प्रतिक्रिया दिनुहोस्