मध्यभोटेकोशी जलविद्युतलाई आईपीओ निष्काशन गर्न अनुमति, छिट्टै १ अर्ब ५० करोड रुपैयाँको आईपीओ जारी गर्ने
काठमाडौं । मध्यभोटेकोशी जलविद्युतले आईपीओ निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख ५ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले १ अर्ब ५० करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कशसन गर्ने छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।













