आजै ३ बजे सीसीएमसीको बैठक बस्दै
काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को निर्देशक समितिको बैठक आज अपरान्ह ३ बजे बस्ने भएको छ । कोरोना महामारीको पछिल्लो अवस्थाबारे छफल गर्न बैठक बस्ने लागेको स्रोतले जनाएको छ ।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सीसीएमसीका अधिकारीहरुले कोरोना भाइरस महामारीको पछिल्लो अवस्थाबारे बिफ्रिङ गरेका थिए । छलफलमा सीसीएमसीले संक्रमण बढी देखिएका क्षेत्रहरुमा चेन ब्रेक गर्न मानवीय गतिविधि ठप्प पार्नुपर्ने सुझाव दिएको थियो ।
बैठकबाट लकडाउन गर्नुपर्ने निष्कर्ष निस्किए निर्णयका लागि सीसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गर्नेछ ।













