मास्क नलगाउने १३ सय २५ जनालाई प्रशीक्षण - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मास्क नलगाउने १३ सय २५ जनालाई प्रशीक्षण



काठमाण्डौ । उपत्यकामा मास्क नलगाउने १३ सय भन्दा बढीलाई प्रहरीले केही समय होल्डमा राखेर सम्झाइ बुझाइ गरेको छ ।

आज सोमबार उपत्यकामा १३ सय २५ जनालाई सम्झाइबुझाइ गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताएका छन ।

प्रहरीले मास्क नलगाइ हिँड्नेहरुलाई अनिवार्य मास्क लगाउन भनेको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि अहिले काठमाण्डौ उपत्यकाका चोकचोकमा खटिएका प्रहरीले स्वास्थ्य मापदण्ड पालना भए नभएकाबारे अनुगमन गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्