काठमाडौं छाडेर जान २ दिनको समय तोकियो
काठमाडौं । काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि लकडाउन हुँदै छ । लकडाउन हुनुपुर्व नागरिकलाई आफ्नो घर जानका लागि २ दिनको समय दिएको काठमाडौं जिल्ला प्रशासनले जनाएको छ ।
काठमाडौं बाहिर जानेहरूलाई कम्तीमा २ दिनको समय दिइने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कालीप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार, आम नागरिकलाई पनि असुविधा नहोस् भनेर २ दिन चाहिँ हामीले समय दिने दिएको छ । बन्दको स्थिति भएमा घर फर्किन पनि समय मिलोस् भन्ने हिसाबले एक–दुई दिन टाइम दिएको हो ।
सोमबार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कम्तिमा दुई दिनको समय दिएर एक साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको हो ।












