लकडाउन जारी गरिएका जिल्लामा बैंकहरु बिहान १० देखी १ बजे सम्म मात्रै खुल्ने
काठमाडौं । कोरोना संक्रमण दैनिक बढिरहेपछि स्थानिय प्रशासनले अवस्था हेरेर लकडाउन अर्थात निषेत्राज्ञा जारी गरेका छन् ।
कोरोना संक्रमण न्यूनीकरण तथा रोकथाम गर्नका लागि निषेधाज्ञा जारी गरिएको जिल्लाहरूमा बैंकहरु बिहान १० देखी १ बजेसम्म मात्रै खुला हुने भएका छन् ।
नेपाल बैंकर्स सघ सुदूरपश्चिम एकाईले सूचना जारी गर्दै निषेधाज्ञा जारी जिल्लाहरुमा बैंकहरु बिहान १० देखी १ बजेसम्म मात्रै खुला हुने भएका छन् ।
बैंकर्ष संघ सुदूरपश्चिम एकाइले कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी भएपछि बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको समयमा मात्रै सेवा दिने जनाएको छ ।
यस्तो छ सूचना
उपरोक्त सम्बन्धमा मिति २०७८–०१–१५ गते बसेको नेपाल बैंकर्स संघ सुदुरपश्चिम एकाईको बैठकको निर्णयले हाल लकडाउनको आदेश जारी गरेका जिल्लाहरु कैलाली र कञ्चनपुरमा ग्राहकहरुका लागि बैंकिङ्ग सेवा बिहान १०ः०० बजेदेखि दिउसो १ः०० बजेसम्म संचालन गर्ने निर्णय गरेकाले सोही अनुसार गर्न गराउन हुन सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरुलाई अनुरोध गरीन्छ ।
बिरुराम जैशी संयोजक
नेपाल बैंकसं संघ सुदूरपश्चिम एकाइ












