शनिबार थप ५,७६३ जनामा कोरोना संक्रमण , २४९५ जना काठमाडौं उपत्यकामा थपिए - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

शनिबार थप ५,७६३ जनामा कोरोना संक्रमण , २४९५ जना काठमाडौं उपत्यकामा थपिए



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो संगै केरोना संक्रमितको संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । जसमा १४ हजार ४०३ जनाको पीआर परीक्षण गर्दा ५ हजार ७०६ जना र ५६६ नमुनाको एन्टीजेन परीक्षण गर्दा ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी थप १ हजार २८७ जना निको भएसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुने २ लाख ८२ हजार ३८२ जना पुगेको छ ।

वितेको २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको ज्यान गएके छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार २९८ पुगेको छ ।
हाल ४३ हजार २१३ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ४० हजार १०३ जना हाम आइसोलेसनमा रहेका छन् भने ३ हजार ११० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा काटठमाडौं जिल्लामा १ हजार ९३२, ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जनामा कोरोना संक्रमण देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्