आइतबार थप ७१३७ जनामा कोरोना संक्रमण, १६१२ जना निको भए
काठमाडौं । आइतबार २४ घण्टामा हालसम्मकै उच्च ७ हजार १ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ ।
गएको २४ घण्टामा १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार १ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै कोरोना संक्रमण हुनेको कुल संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।
त्यस्तै वितेको २४ घण्टामा २७ जनाको कोरोनाबाट ज्यान गएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय २५ पुगेको छ ।
ग्त २४ घण्टामा १ हजार ६ सय ११ जना निको भएका छन । यो संगै कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ८३ हजार ९९४ पुगेको छ ।














