१ कार्तिक २०८३, आइतबार

भोलि मध्यरातिदेखि आन्तरिक र बैशाख २२ गतेदखि बाह्य हवाई उडान बन्द



काठमाडौं । आइतबार बसेको मन्त्रीपरिषद बैठकले सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस अनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने आइतबार बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो ।

त्यस्तै, बैठकले बैशाख २२ गतेदेखि बैशाख मसान्तसम्म अन्तराष्ट्रिय उडान पनि बन्द गर्ने निर्णय गरेको छ । आन्तरिक उडान भने अर्काे निर्णय नभएसम्मका लागि बन्द गरिएको हो ।

यस्तै भारतसँगको हवाई सम्पर्क पनि विच्छेद गर्ने निर्णय भएको कृषि मन्त्री पद्मा अर्यालले जानकारी दिइन्। तर राष्ट्रिय–अन्तर्राष्ट्रिय चार्टर उडान भने बन्द नहुने भएको छ ।