१ कार्तिक २०८३, आइतबार

५० प्रतिशत जोखिमभत्ता र अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गर्ने: प्रधानमन्त्री ओली



काठमाडौं । सरकारले कोरोना भाइरसबाट संक्रमतिहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै स्वास्थ्यकर्मीहरुलाई तलबको ५० प्रतिशत जोखिम भत्ता तथा परिवारको खर्चका लागि सहयोग गर्ने जानकारी दिए ।

त्यस्तै, अवकास प्राप्त स्वास्थ्यकर्मीहरुलाई एक वर्षका लागि करारमा नियुक्त गरेर काममा लगाउने उनको भनाई छ । ओलीले कोरोना संक्रमणको दोस्रो लहर थप घातक रहेकाले यसलाई रोकथाम तथा नियन्त्रण गर्न सबैले लाग्नुपर्ने बताएका छन् । उनका अनुसार ३० जिल्लामा २०० भन्दा कोरोना संक्रमित रहेको र १५ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

कोरोनाविरुद्ध लड्नका लागि खोप अभियानलाई प्रभावकारी बनाउन लागिपरेको र नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएकाले सरकारले सबै संयन्त्र परिचालित गर्ने उनले बताए ।

ओलीले प्रत्येक प्रदेश केन्द्रीत हुने गरी सरकारका मन्त्रीलाई एक–एक जनाका दरले फोकल व्यक्ति तोकिएको पनि बताए । उनले निषेधाज्ञा थप कडाइ गर्न लागिएको भन्दै ओली २० गते रातिदेखि आन्तरिक र २३ गतेदेखि बाह्य उडान बन्द गर्ने निर्णय सरकारले गरेको पनि ओलीले बताए । नेपाल भारतबीचको १३ नाका मात्रै सञ्चालन ल्याइएको पनि ओलीले बताए ।

सरकारी कार्यालायमा एक चौथाई कर्मचारीबाट काम गर्न निर्देशन दिईएको उनले जानकारी दिए । काठमाडौं उपत्यका तथा निजी अस्पताललाई कोभिड–१९ को उपचारको लागि व्यवस्थनपन गर्न उनको भनाई छ ।