शुक्रबार ९०२३ जनामा कोरोना, २९०५ निको भए, ५० जनाको ज्यान लियो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

शुक्रबार ९०२३ जनामा कोरोना, २९०५ निको भए, ५० जनाको ज्यान लियो



काठमाडौं । शुक्रबार हालसम्मकै उच्च ९ हजार २३ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै कोरोना संक्रमित हुनेको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ ।१९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९१९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५ जना कोरोना संक्रमण निको भएका छन । यो संगै कोरोना संक्रमण निको हुनेको कुल संख्या २ लाख ९५ हजार ३ सय ९५ पुगेको छ ।

गत २५ घण्टामा थप ५० जनाले कोरोनाबाट ज्यान गुमाएका छन । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५ सय ७९ पुगेको छ ।हाल देशभर ७८ हजार ६ सय २९ जना आइसोलेसनमा रहेका छन ।३ सय ८० जना क्वारेन्टीनमा रहेका छन ।

उपत्यकामा मात्रै ४ हजार १०६ जनामा कोरोना संक्रमण

उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा ४ हजार १०६ कोभिड संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३ हजार १८९ भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जना छन् ।


प्रतिक्रिया दिनुहोस्