२७ श्रावण २०८३, बुधबार

मन्त्रीपरिषद निर्णय: काेराेना विरूद्ध जुध्न विर अस्पतालकाे नयाँ भवनलाई युनिफाइड अस्पताल बनाउने



काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बाेलाएकाे मन्त्रपरिषद् बैठकले काेराेनासंग जुध्न राज्यकाे सबै अंग परिचालन गर्ने निर्णय भएकाे एक मन्त्रीले बताएका छन् ।

सरकारले हालै निर्वाण सम्पन्न भएकाे विर अस्पताललाई ५ सय वेडकाे युनिफाईड अस्पताल बनाउने निर्णय गरेकाे एक मन्त्रीले बताए । प्रधानमन्त्रीले अाकश्मिक बाेलाएकाे मन्त्रिपरिषदले महत्वपुर्ण राजनितिक निर्णय गर्ने अपेक्षा विपरित सरकार काेराेनासँग कसरी जुध्ने भन्ने कुरामा केन्द्रिक भएकाे छ ।

सरकारले सातै प्रदेशमा युनिफाईड अस्पताल बनाउने निर्णय गरेकाे हाे । अव विर अस्पताललाई सरकारलेनै संचालन गर्ने भएकाे छ । विर अस्पतालमा अाईसियु सहितकाे ५ सय बेड संचालनमा ल्याउने निर्णय गरेकाे छ ।

त्यसैगरी २६ जना काेराेना संक्रमित साँसदले २७ गते सरकारले अाह्वान गरेकाे संसदमा प्रधानमन्त्री ओलीलाई विश्वासकाे मत दिने व्यवस्थापनकाे बारेमा छलफल भएकाे हाे ।