२७ श्रावण २०८३, बुधबार

माधव पक्षले राजिनामा नदिने, संसदमा उपस्थित भएर बिस्वासको मत दिन घनश्याम, योगेश छुट्टै तयारी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा सहभागी नहुने एमाले बरिष्ठ नेता माधव नेपाल पक्षले निर्णय गरेको छ । हिजो दिइएको अल्टिमेटमको समय सकिएपछि माधव नेपाल पक्षका सांसदहरुको बैठक शिंहदरवारमा बसेको थियो । बैठकमा राजिनामा गर्ने विषयमा तिब्र मतभेद भएको छ ।

माधव नेपाल, भिम रावललगायतका नेताहरु कुनै हालतमा राजिनामा गरेर प्रधानमन्त्रीलाई अफ्टेरो पार्ने अभियानमा थिए । तर एमालेका दोस्रो तहका नेताहरु घनश्याम भुषाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेताहरु भने राजिनामा दिन नहुने पक्षमा उभिएका छन ।

राजिनामा गरेर ओली हट्ने छाँट नभएपछि माधव नेपाल पक्षका सांसदहरु राजिनामा नदिने मुडमा पुगेका हुन । माधव नेपाल पक्षमै राजिनामा दिने र नदिने पक्षमा मत विभाजन भएपछि अन्ततः माधव नेपाल निर्णयबाट व्याक भएका छन ।

पार्टीले ह्वीप जारी गरेपछि बैठकमा नगए कार्रवाही हुने भएपछि दोस्रो तहका नेताहरु संसदमै उपस्थित भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिने तयारीमा छन । प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्छ भन्ने नेताहरुको छुट्टै बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीमाथी विश्वासको मत दिनेदिन नेकपा एमालेको माधव नेपाल पक्षीय सांसदहरुले राजिनामाको तयारी गरेका थिए । अहिले शिंहदरवारमा माधब नेपाल पक्षिय सांसदहरुको बैठक बसिरहेको छ ।