चिलिमे जलबिद्युतको सूचकमा आयो गिरावट, नाफासहित प्रतिशेयर आम्दानी घट्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

चिलिमे जलबिद्युतको सूचकमा आयो गिरावट, नाफासहित प्रतिशेयर आम्दानी घट्यो



काठमाडौं । चिलिमे जलबिद्युत कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा २.९२ प्रतिशत घटेर ५१ करोड २ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ५२ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ०.६९ प्रतिशतले बढेर ८० करोड ९२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा विद्युत् बिक्रीबाट ८० करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको चुक्ता पूँजी ६ अर्ब २८ करोड ७ लाख रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ८३ पैसा रहेको छ गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ २७ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ४७ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्