२७ श्रावण २०८३, बुधबार

९ हजार ४८३ जनामा कोरोना भाइरसको संक्रमण, २२५ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ४८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा २० हजार ५९६ जनाको पिसिआर परीक्षणमा र ७२० जनाको सिमा नाकामा एन्टिजेन गरी २१ हजार ३१६ जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये हाल ९७ हजार ८ जना सक्रिय संक्रमित छन् । हाल ४४८ जना संक्रमित क्वारेन्टाइनमा छन्।

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालका कोरोना निको हुनेको संख्या ३ लाख १२ हजार १९ जना पुगेको छ । यो दर कुल संक्रमितको ७५.५ प्रतिशत हो ।

कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।