माधव नेपाल लगायतका ४ नेतामाथीको कारवाही फिर्ता लिने एमालेको निर्णय
कठमाडौं । नेकपा एमालेको स्थायी समितिको बैठकले माधवकुमार नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाल माथिको कारवाही फिर्ता लिने निर्णय गरेको छ ।
पार्टीको विभाजन रोक्न र एमाले एकतालाई ध्यान दिंदै संकट अन्त्यका लागि एमालेले गर्ने भनिएको उक्त कारवाही फिर्ता लिने निर्णय भएको ओलीपक्षका एक नेताले जानकारी दिएका छन ।












