युनाइटेड इदी मर्दीको नाफा १ करोड ७९ लाख रुपैयाँ, विद्युत् आम्दानी २८.३० प्रतिशत बढ्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

युनाइटेड इदी मर्दीको नाफा १ करोड ७९ लाख रुपैयाँ, विद्युत् आम्दानी २८.३० प्रतिशत बढ्यो



काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावरको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १ करोड ७९ लाख रुपैयाँ आजृन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कमपनीले १ करोड २८ लाख रुपैयाँ नोक्सानमा थियो ।

तयस्तै, यस अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी २८.३० प्रतिशतले बढेर १० करोड ६ लाख रुपैयाँ आर्जन गरको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ७ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै, कम्पनीको यस अवधिमा अन्य स्रोतबाट २ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ । यस अवधिमा कम्पनीको चुक्ता पूँजी ४२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष २ करोड ७३ लाख रुपैयाँ ऋणात्मक छ । प्रतिशेयर आम्दानी ५ रुपैयाँ ६९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ५० पैसा रहेको छ । पीई रेसियो ५२.२३ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्