कोभिड १९ बाट ज्यान गुमाउनेको शव परिवारलेनै व्यवस्थापन गर्न पाइने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कोभिड १९ बाट ज्यान गुमाउनेको शव परिवारलेनै व्यवस्थापन गर्न पाइने



काठमाडौं । कोरोना भाइरसबाट ज्यान गुमाउनेको शव व्यवस्थापन गर्ने अधिकार परिवारलाई दिएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै २५ जनाभन्दा बढी मलामी नहुने गरी मृतकको परिवारले धर्म परम्परा र संस्कृति अनुसार अन्तेष्टि गर्न पाइने व्यवस्था गरेको जानकारी दिएको छ ।

नयाँ भेरिएन्टसहितको कोभिड– १९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ को २१ (छ) अनुसार इच्छुक मृतकका परिवारलाई शवको अन्तेष्टि गर्ने व्यवस्था मिलाइएको उक्त विज्ञप्तीमा उल्ल्ेख गरिएको छ ।

शव व्यवस्थापनमा मलामीहरुले जनस्वास्थ्यका मापदण्ड पुर्ण रुपमा पालना गर्नु पर्ने अनिवार्य गरेको छ । मन्त्रालयले शव व्यवस्थापनको यो आदेशलाई देशैभरका कोभिड– १९ अस्पताल सङ्कट व्यवस्थापन सङ्कलन केन्द्र छाउनीलाई समेत आदेश दिइसकेको र मन्त्रालयले जारीको गरेको निदेशिका अनुसार परिवारले नै शव व्यवस्थापन गर्न सम्भव नभएमा शव व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६ अनुसार नेपाली सेनाले नै शव व्यवस्थापन गर्न गराउन समेत मन्त्रालयले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्