आइतबार कोरोना संक्रमणबाट १४५ जनाको ज्यान गयो, थप ७३६८ जनामा संक्रमण
काठमाडौं । आज आइतबार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप १४५ जनाको ज्यान गएको छ ।
त्यस्तैगरि आज थप ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पिसिआर विधिबाट सात हजार ३१६ र एन्टीजेन विधिबाट ५३ जना संक्रमित पुष्टि भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १० हजार २६३ पुगेको छ।
आज देशभर ६ हजार ६४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। देशभर ७०१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।













