बागमती सांसद खतिवडाद्धारा त्रिशुली अस्पताललाई अक्सिजन सहितको सिलिण्डर सहयोग - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बागमती सांसद खतिवडाद्धारा त्रिशुली अस्पताललाई अक्सिजन सहितको सिलिण्डर सहयोग



नुवाकोट । पछिल्लो समय दिनानुदिन बढिरहेको कोरोना संक्रमणका बिरामीहरुको अत्याधिक चापसँगै उपचारमा आवश्यक अक्सिजनको समेत अभाव बढ्दै गएपछि बागमती प्रदेशका सांसद तथा नेकपा ९माओवादी केन्द्र० नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले जिल्ला त्रिशुली अस्पताललाई अक्सिजन सहितको सिलिण्डर सहयोग गरेका छन् । जिल्ला अस्पताललाई आफ्नै व्यक्तिगत लगानीमा खरिद गरिएको १० थान अक्सिजन सिलिण्डर त्रिशुलि अस्पतालका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपरिटेन्डेन्ट दीपेन्द्र पाण्डेलाई आइतवार बिहान सांसद खतिवडाले सहयोग हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरणपछि खतिवडाले कोरोना महामारीको समयमा जो कोहीसँग भएको अक्सिजन सिलिण्डर अस्पताललाई सहयोग गरेर सङ्क्रमित बिरामीको उपचारमा सहयोग गर्न आग्रहसमेत गरेका छन् ।


उपचारपछि निको हुने अवस्थामा पनि देशैभर बिरामीहरुले अक्सिजनकै अभावमा मृत्युवरण गर्नु परिरहेको कहालिलाग्दो यस्तो महामारीमा आफ्नो दायित्व निर्वाहकै क्रममा पहिलो चरणको सहयोग स्वरुप अक्सिजन सहितको सिलिण्डर अस्पताललाई सहयोग गरिएको खतिवडाले जानकारी दिए । ‘अहिलेको यो कोरोना संकटको समयमा अक्सिजनको जोहो मात्रै गर्नसकेमा पनि संक्रमितलाई बाँच्ने अवसर मिल्नसक्छ’, सांसद खतिवडाले स्वास्थ्य क्षेत्रलाई सहयोग पु¥याउन र संक्रमितहरुलाई उपचारको अभावकै कारण मर्न नदिन सबैसँग अपिल गर्दै भने–‘त्यसैले सम्भव हुनेजति सबैले आ–आफ्नो स्तरबाट सहयोग र पहलकदमी लिनुपर्ने बेला आएको छ ।

सांसद खतिवडाकै नेतृत्व र पहलमा कोरोना सङ्क्रमितले अक्सिजन अभावमा ज्यान गुमाउन नपरोस भनेर नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नुवाकोटले अक्सिजन लगायत उपचारमा आवश्यक सामग्री सहयोग सङ्कलन अभियान समेत सञ्चालन सुरु गरेको छ । यस अभियानमा अखिल नेपाल महिला संगठन क्रान्तिकारी नुवाकोटका संयोजक कौशिला पुडासैनी र अखिल ९क्रान्तिकारी० नुवाकोटको संयोजक बिनोद कोईरालाको नेतृत्वमा उपयोगविहिन भएर रहेका अक्जिनका खाली सिलिण्डरहरुको संकलन कार्यसमेत थालिएको छ ।


पछिल्लो समय नुवाकोट जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ६ सय ९३ पुगेको छ भने पछिल्लो २४ घण्टामा जिल्लामा ४४ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । ४४ जना कोरोनामुत्त भएसँगै जिल्लाका १३ सय ३८ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

नुवाकोटमा हालसम्म ११ हजार ५ सय २९ जनाको पिसिआर परिक्षण भएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्