पोखरा महानगरका सबै विद्यालयमा वार्षिक परीक्षा नहुने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पोखरा महानगरका सबै विद्यालयमा वार्षिक परीक्षा नहुने



काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण बढेसंगै पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने भएको छ ।

आज पोखरा महानगरपालिको शिक्षा महाशाखाले एक सूचना जारी गदै महामारीका कारण भौतिकरुपमा परीक्षा सञ्चालन गर्न असम्भव भएकाले यसपूर्व सञ्चालन भएका त्रैमासिक, अर्धवार्षिक परीक्षा एवं आन्तरिक मूल्यांकनका आधारमा मूल्यांकन गरी नतिजा प्रकाशन गर्न निर्देशन गरेको छ ।कोरोना संक्रमण नियत्रणको लागि सरकारले निषेधाज्ञा जारी गरेसंगै महानगरका परिक्षा स्थगित भएका थिए ।

त्यसैगरी महानगरले शैक्षिक सत्र २०७८ को विद्यार्थी भर्नासम्बन्धी कार्य आगामी असार १ गतेदेखि मात्र शुरु हुने गरी निर्णय भएकाले सोहीबमोजिम गर्न विद्यालयका नाममा सूचनासमेत पठाएको छ ।

त्यसैगरी उक्त सुचनामा कक्षा ८ को वार्षिक परीक्षाका सम्बन्धमा भने नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णयअनुसार हुने गरी अर्को सूचना प्रकाशन गरिने उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्